• Friday, May 1, 2026

तीन दिने सार्वजनिक बिदामा पनि देशभरका सरकारी अस्पतालमा ओपीडी सेवा सञ्चालन गर्न निर्देशन


काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका सबै सरकारी अस्पतालमा बहिरङ्ग (ओपीडी) सेवा निरन्तर सञ्चालन गर्न निर्देशन दिएको छ।

वैशाख १८, १९ र २० गते लगातार तीन दिन सार्वजनिक बिदा परेको कारण ओपीडी सेवा प्रभावित भई सेवाग्राहीले असुविधा भोग्न सक्ने अवस्थालाई मध्यनजर गर्दै मन्त्रालयले यस्तो निर्णय गरेको हो। मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार बिरामीलाई सहज र निरन्तर सेवा उपलब्ध गराउने उद्देश्यले उक्त निर्देशन जारी गरिएको हो।

Please Login to comment in the post!

you may also like