• Tuesday, March 3, 2026

पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता


काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुख विनेश मुनकर्मीविरुद्ध भ्रष्टाचार तथा अस्वाभाविक सम्पत्ति आर्जन गरेको आरोपमा मुद्दा दर्ता गरेको छ।

अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार मुनकर्मीमाथि गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा मंगलबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो।

अख्तियारले सार्वजनिक पदको दुरुपयोग गरी भ्रष्टाचार गरेको आशंकामा अनुसन्धान अघि बढाउँदै आवश्यक प्रमाणका आधारमा मुद्दा दर्ता गरिएको जनाएको छ। आयोगले भ्रष्टाचार नियन्त्रण र सार्वजनिक क्षेत्रमा पारदर्शिता तथा जवाफदेहिता सुनिश्चित गर्ने उद्देश्यअनुसार अनुसन्धानलाई निरन्तरता दिइने स्पष्ट पारेको छ।

Please Login to comment in the post!

you may also like