राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि सार्वजनिक गरेको समानुपातिक उम्मेदवार सूचीमा युवा व्यवसायी सचिन ढकाल समावेश भएका छन्। रास्वपाको समानुपातिक सूचीअन्तर्गत खस–आर्य क्लस्टरको दोस्रो नम्बरमा ढकाललाई राखिएको हो।
ढकाल आइएमई ग्रुपका निर्देशक तथा इला कम्फर्ट होटल्सका अध्यक्ष हुन्। उनी रास्वपामा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) पक्षबाट समानुपातिक सूचीमा परेका हुन्।
सक्रिय राजनीतिमा प्रवेश गर्नुअघि ढकालले वैकल्पिक शक्ति निर्माणसम्बन्धी विषयमा विभिन्न क्षेत्रका व्यक्तिहरूसँग छलफल गर्दै आएका थिए। सोही क्रममा बालेन नेतृत्वको वैकल्पिक राजनीतिक धारसँग उनको निकटता बढेको बताइन्छ।सचिन ढकाल आइएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालका छोरा हुन्।रास्वपाको समानुपातिक सूचीमा नयाँ पुस्ताका व्यवसायी र पेशागत पृष्ठभूमिका व्यक्तिहरूलाई समेट्ने रणनीतिअन्तर्गत ढकाल समावेश भएका हुन् ।