• Thursday, March 5, 2026

जापानमा पहिलोपटक महिला प्रधानमन्त्री – सानाए ताकाइची चयन


टोकियो, जापान – जापानले इतिहास रचेको छ। पहिलोपटक एक महिलाले देशको सर्वोच्च कार्यकारी पद सम्हाल्न लागेकी छन्। सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी  की अध्यक्ष सानाए ताकाइची मंगलबार जापानको नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएकी छिन्।६४ वर्षीया ताकाइचीलाई संसदको तल्लो सदनले प्रधानमन्त्रीमा निर्वाचित गरेको हो। लिबरल डेमोक्रेटिक पार्टी ले जापान इन्नोभेसन पार्टीसँग मिलेर नयाँ सरकार गठन गर्न लागेको छ। जापानको इतिहासमा पहिलो महिला प्रधानमन्त्री बनेकी ताकाइचीले आजै मन्त्रीमण्डल गठनको तयारी थालेको जापानी सञ्चारमाध्यमहरूले जनाएका छन्।पार्टीको नेतृत्वमा आएको एक महिनामै प्रधानमन्त्री बन्ने अवसर पाएकी ताकाइचिका लागि यो तेस्रो प्रयास थियो। पछिल्ला पाँच वर्षमा चार प्रधानमन्त्री परिवर्तन भएको LDP हाल 'स्क्यान्डल' र आन्तरिक विवादले प्रभावित हुँदै आएको छ।ताकाइचिसामु सुस्त अर्थतन्त्रलाई चलायमान बनाउने, अमेरिका–जापान सम्बन्धलाई सन्तुलित राख्ने र पार्टीभित्रको विभाजन समाधान गर्ने जस्ता जटिल चुनौतीहरू छन्। विश्लेषकहरूले उनको कार्यकाल कठिन तर ऐतिहासिक हुने संकेत गरेका छन्।

Please Login to comment in the post!

you may also like