• Tuesday, March 3, 2026

तारकेश्वरबाट स्वचालित हतियारसहित एक जना पक्राउ



तारकेश्वर नगरपालिका–११ बाट स्वचालित हतियार र पेस्तोलसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्ने व्यक्ति कैलालीको टिकापुर–१ निवासी शिवराज धमला रहेका छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले नियन्त्रणमा लिएको हो। धमला पठाओ राइडरका रूपमा कार्यरत रहेको समेत प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनको साथबाट स्वचालित इन्सास हतियार, सर्टगन र पेस्तोल बरामद गरिएको छ। अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यका अनुसार यी हतियारहरू २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट लुटिएका हुन्।जेनजी आन्दोलनको क्रममा प्रहरीका मात्रै १ हजार २७१ हतियार आन्दोलनकारीहरूले लुटेका थिए। तीमध्ये हालसम्म ५ सयभन्दा बढी हतियार अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ।

Please Login to comment in the post!

you may also like