• Tuesday, March 3, 2026

निर्णायक वार्ताका लागि देउवाले दुवै महामन्त्रीलाई आफ्नै निवासमा बोलाए


नेपाली कांग्रेसभित्र देखिएको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई महाराजगञ्जस्थित आफ्नै निवासमा बोलाएका छन्। प्रतिनिधिहरूबीच भएको लामो छलफल निष्कर्षमा नपुगेपछि निर्णायक वार्ताका लागि देउवाले दुवै महामन्त्रीसँग प्रत्यक्ष संवाद गर्न लागेको नेताहरूले बताएका छन्। गगन र विश्वप्रकाश देउवानिवास पुग्नुअघि नै संस्थापनपक्षका नेता बालकृष्ण खाँण र रमेश लेखक त्यहाँ उपस्थित भइसकेका छन्। मंगलबार दिनभर चलेको छलफलका क्रममा विशेष महाधिवेशनपक्षधरहरूको मागअनुसार सभापति पद छोड्न देउवा तयार नभएपछि भृकुटीमण्डपमा बुधबार बिहानैदेखि निर्वाचनको तयारी थालिएको छ।

Please Login to comment in the post!

you may also like