प्राधिकरणका स्रोतका अनुसार केही दिनअघि मात्रै तिवारी भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट प्राधिकरणको केन्द्रीय कार्यालय, काठमाडौंमा सरुवा भएका थिए। सरुवापछि उनलाई प्रवक्ताको जिम्मेवारी दिइएको प्राधिकरण स्रोतले बिजनेसप्रेसलाई जानकारी दिएको हो।
तिवारी लामो समयदेखि विमानस्थल व्यवस्थापन र प्रशासनिक कामकाजमा संलग्न रहँदै आएका छन्। प्रवक्ताको जिम्मेवारीसँगै उनले प्राधिकरणका सूचना आदान–प्रदान र सञ्चार सम्बन्धी कामकाजको समन्वय गर्नेछन्।