• Tuesday, March 3, 2026

कांग्रेसको १५औँ महाधिवेशन पुस २६ देखि, ‘रकेट स्पिड’ कार्यतालिका सार्वजनिक, व्यावहारिक कि असम्भव ?




काठमाडौँ — डेढ महिना लामो ‘सानेपा बन्धक’ अवस्था तोड्दै नेपाली कांग्रेसले सोमबार १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ। २६, २७ र २८ पुसमा काठमाडौँमा केन्द्रीय महाधिवेशन हुने गरी ल्याइएको यो तालिकालाई पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले ‘रकेट स्पिड’ भनेका छन्। तर, १० दिनको फरकमा वडादेखि केन्द्रसम्म अधिवेशन सक्ने यो क्यालेन्डर व्यावहारिक नभएको भन्दै नेताहरूमै आशंका छ।

मुख्य कार्यतालिका

  • २० मंसिरसम्म : क्रियाशील सदस्यता फाराम केन्द्रमा पठाउने
  • ५ पुससम्म : सदस्यता टुंग्याउने
  • १६ पुस : वडा अधिवेशन
  • १७ पुस : गाउँ/नगरपालिका अधिवेशन
  • १९ पुस : प्रदेशसभा क्षेत्रीय अधिवेशन
  • २१ पुस : एक क्षेत्र भएको जिल्ला/प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन
  • २२ पुस : बहुक्षेत्रीय जिल्ला अधिवेशन
  • २४–२६ पुस : प्रदेश अधिवेशन
  • २६–२८ पुस : केन्द्रीय महाधिवेशन (काठमाडौँ)

संस्थापन पक्षको ‘चुनावअघि महाधिवेशन हुँदैन’ अडान र महामन्त्रीद्वय गगन थापा–विश्वप्रकाश शर्माको ‘विशेष महाधिवेशन नभए नियमित पनि गर्नुपर्छ’ मागबीच पुस अन्तिम साता महाधिवेशन गर्नेमा सहमति जुटेपछि विवाद ‘सुरक्षित अवतरण’ भएको नेताहरू बताउँछन्।तर, महामन्त्री गगन थापाले सोमबारै केन्द्रीय समितिको निर्णयमा ‘अतिरिक्त धारणा’ दर्ता गर्दै यो तालिका कार्यान्वयन नभए विशेष महाधिवेशनको प्रस्ताव फिर्ता नहुने चेतावनी दिएका छन्। “समय ग्याप यति कम छ, कार्यान्वयन नहुने निश्चितजस्तै छ,” थापाको लिखित धारणा छ।

१६ पुसमा वडा अधिवेशन सक्ने अनि भोलिपल्ट १७ पुसमै पालिका अधिवेशनमा पुग्नुपर्ने तालिकाप्रति नेताहरूले नै प्रश्न उठाएका छन्। “हिमाली जिल्लामा एकै दिन वडाबाट पालिका केन्द्र पुग्न सम्भव छ ?” एक केन्द्रीय सदस्यले भने, “यो त ‘अहिले तालिका ल्याऊँ, पछि जे पर्ला’ जस्तो भएको छ। सबैको फेस सेभिङ मात्र हो।”महामन्त्री विश्वप्रकाश शर्माले भने यो ‘फास्ट ट्र्याक’ भएको तर्क गरे। “पहिले २५–३० दिनको सुविधा थियो, अहिले छैन। युद्धस्तरमा काम गर्नुपर्छ,” उनले भने।२८ असोजमा दर्ता भएको विशेष महाधिवेशनको प्रस्ताव अझै फिर्ता भएको छैन। सभापति शेरबहादुर देउवाले आफूनिकट नेताहरूसँग भनेका थिए– “पुसको क्यालेन्डरमा सहमत हुनुस्, नियमित भएन भने विशेष आफैँ अघि सार्छु।” तर, संस्थापन पक्ष अहिले ‘नियमित महाधिवेशनको तालिका आएपछि विशेषको आवश्यकता रहेन’ भन्न थालेको छ।

महाधिवेशन ढिला हुने आशंकाबीच कांग्रेसले वर्तमान केन्द्रीय समितिको म्याद एक महिना थपेर माघ मसान्तसम्म पुर्‍याएको छ। “दुई दिनमात्र लम्बियो भने फेरि बैठक बस्नुपर्ने झन्झट नहोस् भनेर थपेका हौँ,” महामन्त्री शर्माको भनाइ छ।अब सबैको नजर क्रियाशील सदस्यता विवाद छिट्टै टुंग्याएर यो ‘रकेट स्पिड’ तालिका कागजमै सीमित हुन्छ कि वास्तविकता बन्छ भन्नेमा छ। तालिका त आयो, तर कां

Please Login to comment in the post!

you may also like