• Wednesday, December 10, 2025

दक्षिण एसियामा यौनकर्मीको संख्यामा नेपाल चौथो, तर एड्स संक्रमण ९०% ले घट्यो


काठमाडौँ — विश्व एड्स दिवसको अवसरमा आज सार्क एचआईभी–एड्स केन्द्रद्वारा आयोजित कार्यक्रममा सार्वजनिक तथ्यांकअनुसार दक्षिण एसियाली देशहरूमा यौनकर्मीको संख्यामा नेपाल चौथो स्थानमा रहेको छ।केन्द्रकी उपनिर्देशक डा. राबेया सुल्तानाले प्रस्तुत गरेको तथ्यांकअनुसार सार्क क्षेत्रमा कुल १५ लाख यौनकर्मी छन्। जसमा:भारत: ९ लाख ९५ हजार ५००,पाकिस्तान: २ लाख २८ हजार ८००,बंगलादेश: १ लाख ६१ हजार ८००,नेपाल: १ लाख १५ हजार ९००,भुटान: ६०० (सबैभन्दा कम),माल्दिभ्सको भने यौनकर्मीसम्बन्धी आधिकारिक तथ्यांक उपलब्ध छैन।

यद्यपि, यौनकर्मीको संख्या उच्च भए पनि नेपालमा एचआईभी/एड्स संक्रमण दरमा उल्लेखनीय सुधार भएको छ। पछिल्ला २० वर्षमा नेपालमा एड्स संक्रमण ९० प्रतिशतले घटेको छ, जुन दक्षिण एसियामै सबैभन्दा ठूलो उपलब्धि हो।विशेषज्ञहरूका अनुसार यौनकर्मीहरूमाझ सुरक्षित यौन व्यवहारको प्रवर्द्धन, कन्डमको प्रयोग, नियमित स्वास्थ्य जाँच र एन्टी–रेट्रोभायरल थे्रपी (ART) को पहुँच वृद्धिले यो सफलता प्राप्त भएको हो।“यौनकर्मीको संख्या धेरै हुनु चुनौती हो, तर हामीले संक्रमण नियन्त्रणमा जुन सफलता पाएका छौँ, त्यो उदाहरणीय छ,” डा. सुल्तानाले भनिन्।

नेपालले सन् २०३० सम्ममा एड्सलाई सार्वजनिक स्वास्थ्य समस्या नरहने गरी नियन्त्रणमा ल्याउने लक्ष्य राखेको छ। त्यसका लागि यौनकर्मीलगायत जोखिम समूहमा केन्द्रित कार्यक्रमलाई अझ प्रभावकारी बनाउनुपर्ने विज्ञहरूको सुझाव छ।

Please Login to comment in the post!

you may also like