• Thursday, March 5, 2026

चलचित्र प्रमाणीकरणमा बोर्डलाई प्रभावकारी बनाइनुपर्छ : मन्त्री खरेल


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सिनेमा प्रमाणीकरण प्रक्रियालाई प्रभावकारी बनाउन चलचित्र विकास बोर्डको भूमिका अझ सुदृढ हुनुपर्नेमा जोड दिएका छन्।

राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा मंगलबार भएको चलचित्र विधेयकसम्बन्धी दफावार छलफलका क्रममा मन्त्री खरेलले बोर्डको संरचना र निर्णय प्रक्रियाबारे स्पष्ट धारणा राख्दै भने, “बोर्डमा बहुमत सदस्य बाहिरबाट आएका विज्ञहरू हुनुहुन्छ। उहाँहरूले कुनै चलचित्र उपयुक्त ठहर गर्नुभयो भने त्यसमा बोर्ड अध्यक्षले भिटो प्रयोग गर्नु उपयुक्त हुँदैन।”

उनले चलचित्र प्रमाणीकरणलाई अनावश्यक रूपमा हाउगुजी शैलीमा लिनु नपर्ने उल्लेख गर्दै बोर्डलाई दिइएको कानुनी जिम्मेवारी र कर्तव्यलाई प्राथमिकताका साथ कार्यान्वयन गर्नुपर्ने बताए। यद्यपि, बोर्डको कार्यशैली पारदर्शी र व्यवस्थित बनाउन ‘चेक एन्ड ब्यालेन्स’को व्यवस्था अनिवार्य रहेको उनको भनाइ थियो।

उक्त छलफलमा समितिका सभापति तुलसाकुमारी दाहालले चलचित्र विधेयकमाथि दफावार छलफल निरन्तर जारी रहेको जानकारी दिँदै विधेयकलाई सकेसम्म चाँडो निष्कर्षमा पुर्‍याउन समिति सक्रियताका साथ काम गरिरहेको बताइन्।

Please Login to comment in the post!

you may also like