राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ले सुदूरपश्चिमप्रति आत्मीय सन्देश व्यक्त गर्दै सामाजिक सञ्जालमार्फत आफ्नो भावना सार्वजनिक गरेका छन्। सुदूरपश्चिम भ्रमणका क्रममा बुधबार बिहान डडेलधुरा पुगेका बालेनले फेसबुकमा “सुदूर अब दूर नाई, झिकै झिकै माया तम्लाई !” लेख्दै यस क्षेत्रप्रति नजिकको सम्बन्ध र माया प्रकट गरेका हुन्।
डडेलधुरामा पार्टीका नेता तथा कार्यकर्तासँग संक्षिप्त भेटघाट गरेपछि बालेन बैतडी हुँदै दार्चुला पुग्ने कार्यक्रम रहेको छ। पार्टीका अनुसार त्यसपछि उनी दार्चुलाबाट बझाङ जाने कार्यतालिकामा रहेका छन्। सुदूरपश्चिम केन्द्रित उनको यस भ्रमणलाई रास्वपाको संगठन विस्तार र स्थानीय जनतासँग प्रत्यक्ष संवादको प्रयासका रूपमा हेरिएको छ।