• Sunday, October 19, 2025

नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको विशेष पूजा आराधना


आज आश्विन शुक्ल द्वितीया तिथी अर्थात् नवरात्रको दोस्रो दिन, वैदिक सनातन धर्मावलम्बीहरुले दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी ब्रह्मचारिणी देवीको विशेष पूजा आराधना गरिरहेका छन्।नवरात्रको पहिलो दिन हिजो सोमबार वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो। सोही दिन नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिवत् पूजा आराधना गरिएको थियो। आज दोस्रो दिन पूजा स्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विशेष पूजा आराधना भइरहेको छ।नवरात्रका नौ दिनसम्म घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायतका देवी स्तोत्र पाठ गरिन्छ। धार्मिक विश्वासअनुसार नवरात्रमा देवीको आराधना र पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने जनविश्वास छ।वैदिक सनातन धर्मावलम्बीहरुले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्ने गर्छन्। नौ दिनसम्म गरिएको पूजा आराधनाको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाइन्छ।

नवरात्रको अवसरमा देशभरका शक्तिपीठहरुमा भक्तजनको घुइँचो लाग्ने गर्छ। हिजो सोमबारदेखि नै काठमाडौंको गुह्येश्वरी, दक्षिणकाली, भद्रकाली, पशुपतिनाथ लगायतका शक्तिपीठहरुमा भक्तजनको विशेष चहलपहल सुरु भएको छ। आज पनि विभिन्न शक्तिपीठमा पूजा, दर्शन र आराधना गर्ने भक्तजनको भिड लागेको छ।

Please Login to comment in the post!

you may also like