• Wednesday, August 6, 2025

जहाजको भाडा घट्यो


नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई इन्धनमा फ्युल सरचार्ज गन्तव्यअनुसार घटेको छ। 

निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर पाँच रूपैयाँले घटाएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले गन्तव्यअनुसारको फ्युल सरचार्ज घटाएको छ।

प्राधिकरणले मंगलबार (आज)देखि लागु हुने गरी फ्युल सरचार्ज घटाएको हो। 

जसमा सबैभन्दा कम लुक्ला फाप्लुको २० रूपैयाँ घटेको छ भने सबैभन्दा बढी विराटनगर-नेपालगञ्जको दुई सय ६५ रूपैयाँ घटेको छ।

प्राधिकरणले घटाएको फ्युल सरचार्जअनुसार अब वायुसेवा कम्पनीहरूले हवाई भाडामा मूल्य घटाएर उडान गर्नेछन्। 

Please Login to comment in the post!

you may also like