• Saturday, June 21, 2025

सुदिप खतिवडाको लेखन तथा निर्देशनमा नाटक 'ऋतु राग’


काठमाडौँ । थापागाउँस्थित मण्डला नाटकघरमा नाटक  ‘ऋतु राग’ को मञ्चन सुरु भएको छ। 'ऋतु राग’ मण्डला थिएटरको नाट्य सिजन २०८२/८३ अन्तर्गतको पहिलो नाटक हो ।
ऋतुहरूको फेरबदलको रमाइलो कथा निर्देशक सुदिपले राम्रो संग बुनेका छन। हाम्रो जीवन भित्रभित्रै ऋतुहरूले कति धेरै महत्त्व राख्छ भन्ने सुन्दर दृश्य यस नाटकमा स्पष्ट संग देख्न सकिन्छ । बालबालिका विशेष यस नाटकमा उनीहरूले मनभित्र कल्पना गर्ने ऋतुहरूलाई रङ्गीचङ्गी ढङ्गमा मञ्चन गरिएको छ ।

बालबालिका मात्र नभैई ठुलाबडाहरूका लागी पनि उत्तिकै महत्वपूर्ण नाटक  ‘ऋतु राग’ मा गीत, हाँसो अनि प्रकृति प्रेम जस्ता महत्वपुर्ण सन्देशहरूले भरिपूर्ण छ ।
जेठ २ गते देखी सुरु भएको यो नाटक १८ गते मञ्चन हुनेछ । नाटकलाई सुदिप खतिवडाले लेखन तथा निर्देशन गरेका हुन् भने दिपेश काफ्लेले सह–निर्देशन गरेका हुन् ।
नाटकमा दिपेश काफ्ले, सागर खाती कामी, प्रशंसा शिवाकोटी, रुजा राउत, उमेश दुलाल, शशांक बस्नेत, सिमोन गिरी र सुजन घिमिरेले अभिनय गरेका छन् ।
सोमबार बाहेक हरेक साँझ ६:३० बजे यो नाटक मञ्चन हुनेछ।

Please Login to comment in the post!

you may also like