सोलुखुम्बु — रेस्क्युका लागि लोबुचे हिमाल पुगेको अल्टिच्युड एयरको हेलिकोप्टर दुर्घटनामा परेको छ। उक्त हेलिकोप्टरका क्याप्टेन विवेक खड्का रहेका थिए, जसको अवस्था सामान्य रहेको पुष्टि गरिएको छ।
कम्पनीका एक उच्च अधिकारीका अनुसार, हेलिकोप्टर रेस्क्यु अभियानमा गएको बेला मौसम खराबीका कारण दुर्घटनामा परेको अनुमान गरिएको छ।
दुर्घटना बिहान करिब ७:५० बजे भएको हो। सोलुखुम्बुका एक प्रहरी अधिकारीले जानकारी दिँदै भने, “हेलिप्याडमा अवतरण गर्ने क्रममा हेलिकोप्टर चिप्लिएर दुर्घटनामा परेको हो।”
उनका अनुसार, चालक सकुशल रहेका छन् र उनलाई अर्को हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।