• Thursday, March 5, 2026

ओलीको दाबी : एमालेका युवाहरू दुर्व्यसनमुक्त, ‘खैनीको गन्धसमेत नआएको’


काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीका युवा कुनै पनि प्रकारको दुर्व्यसनमा नरहेको दाबी गरेका छन्। हालै सम्पन्न पार्टीको महाधिवेशनमा स्वयंसेवकका रूपमा खटिएका युवाको प्रशंसा गर्दै उनले एमालेका कार्यकर्ता अनुशासित  रहेको बताए। अध्यक्ष ओलीले भने,‘यसपटक स्वयंसेवक भएर खटिएका युवाहरूको नजिक पुग्दा कसैको शरीरबाट खैनी समेत गन्हाएको पाइएन। खैनी त ओठमा च्यापेको छ भने पनि टाढैबाट थाहा हुन्छ, तर हाम्रा युवाहरू त्यस्ता चिजबाट टाढा देखिए।’ सोहीक्रममा काठमाडाैं महानगरका मेयर बालेन शाहलाई लक्षित गर्दै ओलीले देशका चर्चित भनिएका केही मान्छे प्रायः नशामा भेटिने गरेको टिप्पणी गरे। ‘देशका चर्चित भनिएका मान्छेहरू नशामा भेटिन्छन्, तर हाम्रा युवाहरूमा त्यो खराब बानी छैन,’ ओलीले भने।

Please Login to comment in the post!

you may also like