• Thursday, March 5, 2026

बुवा खोलामा १४८ मिटर लामो मोटरेवल पुल निर्माण सम्पन्न


गाइघाट। खोटाङको जन्तेढुङ्गा गाउँपालिका १ र पौवा सेरा ५ को बिचमा पर्ने बुवा खोलामा मोटररेवल पुल निर्माण सम्पन्न भएको छ। जन्ते ढुङ्गा गाउँपालिकाका अध्यक्ष शालिकराम बन्जराका अनुसार उक्त पुल गत वर्ष वैशाखदेखि निर्माण थालिएको हो। उक्त पुल दुई वर्षभित्र निर्माण गर्ने सम्झौता भएपनि एक वर्ष अगाडी नै सम्पन्न भएको उनले बताए। पुलको लम्बाई एक सय ४८ मिटर तथा चौडाई ४ दशमलव १० मिटर रहेको छ। पुल निर्माण गर्न १७ करोड ५८ लाख खर्च भएको अध्यक्ष बन्जराले बताए। पुल निर्माण भएसँगै खाटोङको तल्लो क्षेत्रदेखि माथिल्लो क्षेत्र दिक्तेल, भोजपुर तथा खोटाङ आवतजावत गर्न सहज भएको छ।

Please Login to comment in the post!

you may also like