काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङबीच जारी वार्ता सहमतिनजिक पुगेको छ। करिब दुई घण्टादेखि चलिरहेको छलफल अन्तिम चरणमा पुगेको र केहीबेरमै सहमतिपत्रमा हस्ताक्षर गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ।
स्रोतका अनुसार सहमतिका मुख्य बुँदाहरू अझै सार्वजनिक गरिएको छैन। तर दुवै पक्षबीच राजनीतिक सहकार्य र आगामी कार्ययोजनासम्बन्धी विषयमा सकारात्मक सहमति बनेको बताइएको छ।
यसअघि रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच भएको समझदारीअनुसार कमलपोखरीस्थित असिम शाहको कार्यालयमा वार्ता भइरहेको हो। वार्तामा रास्वपाका नेता तथा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह पनि सहभागी छन्।
राजनीतिक वृत्तमा यस वार्तालाई आगामी दिनको नयाँ सहकार्यको संकेतका रूपमा हेरिएको छ।