• Saturday, October 18, 2025

जेनेरेसन जी (जेनजी) को प्रदर्शनका क्रममा ५ जना प्रदर्शनकारीको मृत्यु


आज काठमाडौंमा भएको जेनेरेसन जी (जेनजी) को प्रदर्शनका क्रममा ५ जना प्रदर्शनकारीको मृत्यु भएको छ । नयाँ बानेश्वर क्षेत्रमा भएको झडपमा गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि अस्पताल लगिएकोमा चिकित्सकहरूले मृत घोषित गरेका हुन्।

प्रहरीको कारबाहीमा परी रबरको गोली लागेर गम्भीर घाइते भएका प्रदर्शनकारीमध्ये एक जनाको सिभिल अस्पतालमा र चार जनाको ट्रमा सेन्टरमा मृत्यु भएको हो। यो घटनाले प्रदर्शनकारी र सुरक्षाकर्मीबीचको तनाव थप बढाएको छ।

अहिले पनि नयाँ बानेश्वर क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। यस घटनाको पूर्ण विवरण आउन बाँकी छ।

Please Login to comment in the post!

you may also like