सोमबार भएको जेनजीहरूको प्रदर्शनका क्रममा मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ । काठमाडौं मेडिकल कलेज सिनामंगलमा थप एक जना प्रदर्शनकारीको मृत्यु भएपछि मृतकको सङ्ख्या ६ पुगेको हो ।
यसअघि नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा एक जना र ट्रमा सेन्टरमा चार जना प्रदर्शनकारीको मृत्यु भएको थियो । प्रदर्शनका क्रममा प्रहरीको रबरको गोली लागेर गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि अस्पताल पुर्याइएकोमा चिकित्सकहरूले मृत घोषणा गरेका हुन्।
यस घटनापछि काठमाडौंमा सुरक्षा व्यवस्था थप कडा पारिएको छ । थप जानकारी आउन बाँकी छ ।