• Tuesday, March 3, 2026

विश्वभर हर्षोल्लासका साथ सन् २०२६ को स्वागत, नेपालका पर्यटकीय क्षेत्रमा पर्यटकको घुइँचो



काठमाडौँ। आजदेखि इस्वी संवतको नयाँ वर्ष सन् २०२६ विधिवत् रूपमा सुरु भएको छ। 'ह्याप्पी न्यु इयर' को नाराका साथ नेपालसहित विश्वभरका मानिसहरूले आपसमा शुभकामना आदानप्रदान गर्दै यो वर्षको स्वागत गरिरहेका छन्।

ग्रेगोरियन पात्रो अनुसार सन् २०२५ लाई बिदाइ गर्दै विश्वका विभिन्न देशहरूमा भव्य आतिशबाजी र सांगीतिक कार्यक्रमका साथ नयाँ वर्षलाई स्वागत गरिएको छ। विश्वका प्रमुख नेताहरूले नयाँ वर्षको अवसरमा शुभकामना सन्देश जारी गर्दै सन् २०२६ मा विश्वमा शान्ति, स्थिरता र आर्थिक समृद्धिको कामना गरेका छन्।

नेपालमा पनि अंग्रेजी नयाँ वर्षको अवसरमा व्यापक चहलपहल देखिएको छ। विशेषगरी विदेशी पर्यटकहरूको बढी आवतजावत हुने क्षेत्रहरूमा मंगलबार बेलुकीदेखि नै 'न्यु इयर इभ' (New Year Eve) को विशेष रौनक थियो। पर्यटकीय केन्द्र ठमेल, बौद्ध र दरबारमार्ग क्षेत्रमा सांगीतिक कार्यक्रम र उत्सवको आयोजना गरिएको थियो। मंगलबार मध्यरातसम्म मानिसहरू सडकमा नयाँ वर्षको स्वागतमा रमाएका थिए। पोखराको लेकसाइडमा आयोजित 'सडक महोत्सव' मा आन्तरिक र बाह्य पर्यटकको ठूलो भीड लागेको छ। यस्तै चितवनको सौराहा, नगरकोट र धुलिखेलका होटलहरू पनि पर्यटकले भरिभराउ छन्।

यशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले यो पात्रोको सुरुवात गरेका हुन्, त्यसैले यसलाई 'ग्रेगोरियन पात्रो' भन्ने गरिन्छ। विश्वव्यापी रूपमा प्रशासनिक र व्यावसायिक कार्यका लागि यो पात्रोलाई आधिकारिक मानिन्छ।

Please Login to comment in the post!

you may also like