काठमाडौँ । सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीसँग अन्तर्राष्ट्रिय मुद्राकोष (IMF) का एसिया तथा प्रशान्त विभागका निर्देशक डा. कृष्ण श्रीनिवासनले शिष्टाचार भेट गरेका छन्। सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा उनले प्रधानमन्त्री कार्कीलाई बधाई दिँदै नेपालको विकास तथा आगामी निर्वाचनका लागि आवश्यक सहयोग प्रदान गर्न आइएमएफ तत्पर रहेको बताएका छन्।