काठमाडौँ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा नेपाल सरकारको कूल सार्वजनिक ऋण १४ अर्ब रुपैयाँभन्दा बढी बढेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालय (Public Debt Management Office) द्वारा प्रकाशित साउन मसान्तसम्मको प्रतिवेदन अनुसार, चालु आवको शुरूमा कूल सार्वजनिक ऋण २६ खर्ब ६९ अर्ब ५७ करोड रुपैयाँ थियो भने साउन मसान्तसम्म यो २६ खर्ब ८३ अर्ब ६० करोड रुपैयाँ पुगेको छ। यस अनुसार सरकारी ऋण कूल घरेलु उत्पादन (GDP) को ४३.९४ प्रतिशत बराबर छ। ऋण संरचना वैदेशिक ऋण: कूल ऋणको ५२.२६ प्रतिशत (१४ खर्ब २ अर्ब ४७ करोड ६५ लाख रुपैयाँ) आन्तरिक ऋण: ४७.७४ प्रतिशत चालु आवका लागि सरकारले कुल ५ खर्ब ९५ अर्ब रुपैयाँ सार्वजनिक ऋण उठाउने लक्ष्य राखेको थियो। साउन मसान्तसम्ममा यसमा ४४ अर्ब ५७ करोड रुपैयाँ ऋण उठाइसकिएको छ। आन्तरिक ऋण: लक्ष्य ३ खर्ब ६२ अर्ब, साउनमा ४० अर्ब (११.०५%) उठाइएको बाह्य ऋण: लक्ष्य २ खर्ब ३३ अर्ब ६६ करोड ३१ लाख, साउनमा ४ अर्ब ५७ करोड ४८ लाख (१.९६%) उठाइएको सार्वजनिक ऋणको ब्याज भुक्तानी चालु आवको सरकारी ऋणको साँवा ब्याज तिर्न ४ खर्ब ११ अर्ब १ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो। साउन मसान्तसम्ममा ३६ अर्ब ६८ करोड रुपैयाँ भुक्तानी भइसकेको छ। यसले वार्षिक बजेटको ८.९३ प्रतिशत बराबरको प्रगति देखाउँछ।