• Tuesday, July 21, 2026

बाढीपहिरोपछि मर्मत सम्पन्न, माई बेनी जलविद्युत आयोजनाबाट पुनः विद्युत उत्पादन सुरु


काठमाडौं। सामलिङ पावर कम्पनीद्वारा सञ्चालित माई बेनी जलविद्युत आयोजनाबाट पुनः विद्युत उत्पादन सुरु भएको छ। ९.५१ मेगावाट क्षमताको उक्त आयोजनाबाट पुस १ गतेदेखि विद्युत उत्पादन सुचारु भएको कम्पनीले जनाएको छ।

गत असोज १७ देखि १९ गतेसम्म कोसी प्रदेशका इलामलगायत जिल्लामा परेको निरन्तर वर्षाका कारण आएको बाढीपहिरोले आयोजनाको भौतिक संरचनामा ठूलो क्षति पुर्‍याएपछि विद्युत उत्पादन बन्द भएको थियो।

बाढीपहिरोबाट क्षतिग्रस्त संरचनाको मर्मत तथा पुनर्निर्माण कार्य सम्पन्न भएपछि आयोजनाबाट पुनः विद्युत उत्पादन सुरु गरिएको कम्पनीले जानकारी दिएको छ।

Please Login to comment in the post!

you may also like