• Tuesday, March 3, 2026

थाई लायन एयरको काठमाडौं अवतरण नभई लखनऊ डाइभर्ट !


काठमाडौं- थाईल्याण्डको डोनमुङ अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं आउँदै गरेको थाई लायन एयरको उडान (TLM-२२०) मा अनस्टेबल अप्रोचका कारण अवतरण हुन नसकेपछि विमानलाई भारतको लखनऊ विमानस्थलमा आपतकालीन रूपमा डाइभर्ट गर्नुपरेको छ ।

विमानमा सवार सयौं यात्रुहरूबीच ठूलो त्रास र आक्रोश फैलिएको छ । धेरै पर्यटक र व्यापारी यात्रुहरू काठमाडौं पुग्ने सपना बोकेर उडेका थिए, तर विमानले काठमाडौंमा अवतरण प्रयास असफल गर्दा नियन्त्रण कक्षबाट ‘गो-अराउन्ड’ निर्देशन आयो । पाइलटले अवतरण प्रयास असफल हुँदा तुरुन्तै लखनऊतर्फ मोड्नुपर्यो । लखनऊको चौधरी चरण सिंह अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसो   ३:१७ बजे (स्थानीय समयअनुसार) विमान सुरक्षित अवतरण गरेको जनाइएको छ । 

Please Login to comment in the post!

you may also like