वीरगन्जमा आइतबार बिहानैदेखि मुख्य सडक विस्तार कार्य तीव्र पारिएको छ। त्रिभुवन राजपथ अन्तर्गत पर्ने वीरगन्जको मुख्य सडक विस्तारका लागि सडक डिभिजन कार्यालय हेटौडाको समन्वयमा मापदण्डभित्र परेका घर तथा टहरामा डोजर चलाइएको हो। सडक विस्तार अभियान अन्तर्गत सडक डिभिजनका ९ वटा उपकरण-डोजर, जेसीबी र एक्साभेटर—सहित वीरगन्ज महानगरपालिकाका ४ वटा डोजर परिचालन गरिएको छ। यसअघि शनिबार नै माइकिङमार्फत सडक क्षेत्रभित्र पर्ने संरचना खाली गर्न सम्बन्धित पक्षलाई सूचना दिइएको थियो। सडक विस्तारपछि यातायात सहज बनाउने र शहरको सौन्दर्य वृद्धि गर्ने अपेक्षा गरिएको छ।