• Tuesday, March 3, 2026

निवर्तमान गृहमन्त्री रमेश लेखक जाँचबुझ आयोगमा बयान दिन सोमबार उपस्थित हुने


काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकले भाद्र २३ र २४ गते भएका घटनासम्बन्धी छानबिनका लागि गठन गरिएको जाँचबुझ आयोगमा बयान दिन सोमबार उपस्थित हुने बताएका छन्।

बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आयोगले आफूलाई घटनाबारे जानकारी लिन बोलाएको र त्यसमा सहयोग गर्न तयार रहेको स्पष्ट पारे।

‘भाद्र २३ र २४ गतेका घटनाबारे जाँचबुझ गर्न गठित आयोगले मलाई बोलाएको छ। सत्य तथ्य बाहिर ल्याउने काममा सहयोग गर्न म आयोगमा बयान दिन जान्छु,’ लेखकले भने।

आयोगले उनलाई शुक्रबारका लागि बोलाएको भए पनि पूर्वनिर्धारित कार्यक्रमका कारण उनले सोमबार उपस्थित हुने जानकारी गराइसकेको बताए।

‘उहाँहरूले भोलिका लागि बोलाउनुभएको थियो। तर म सोमबार, अर्थात् १४ गते आयोगमा उपस्थित भएर आफ्ना भनाइ राख्नेछु,’ उनले स्पष्ट पारे।

Please Login to comment in the post!

you may also like