काठमाडौं। विश्व ध्यान दिवस विभिन्न कार्यक्रमसहित मनाइएको छ। हरेक वर्ष डिसेम्बर २१ लाई यो दिवसका रूपमा मनाउने गरिन्छ। काठमाडौंको टुंडिखेलमा ठूलो संख्यामा सहभागीहरूले योग र ध्यान अभ्यास गरी दिवसको सान्दर्भिकता झल्काए।ध्यान कार्यक्रमलाई सम्बोधन गर्दै ओशो तपोवनका संरक्षक स्वामी आनन्द अरुणले ओशो तपोवनमा हाल ६० देशका मानिसहरू आउने गरेको बताए। उनले विकसित देशहरूमा योग र ध्यानको आवश्यकता बढी रहेको उल्लेख गर्दै नेपाल सरकारसँग यसको विकासका लागि सहयोगको अपेक्षा गरे।
स्वामी अरुणले योग, ध्यान र आयुर्वेदका लागि छुट्टै मन्त्रालय गठन गर्नुपर्ने माग राखे। साथै, धार्मिक संस्थाको पैसामा कर नलगाउन र मुठी दानमा १५ प्रतिशत कर हटाउन आग्रह गरे। उनले सरकारी सहयोग नपरेको गुनासो पोख्दै यसबारे पुनर्विचार गर्न सरकारसँग अपिल गरे।