• Tuesday, March 3, 2026

सन्तोष परियारले पनि रास्वपा छाडे


काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व सांसद तथा नेता सन्तोष परियारले पार्टी छाडेका छन्

पार्टी प्रवक्ता मनिष झाले मकालुखबरसँग जानकारी दिँदै भने कि परियारले पार्टी नेतृत्व र नीतिसँग असहमति जनाउँदै राजीनामा दिएका हुन्। उनका राजीनामा पत्र कार्यवाहक सभापति डीपी अर्याल र महामन्त्री कविन्द्र बुर्लाकोटीलाई बुझाइएको छ।

विघटित प्रतिनिधिसभामा पार्टीका प्रमुख सचेतक रहेका परियार अब छुट्टै अभियान सञ्चालन गर्ने तयारीमा छन्।

यसअघि रास्वपाकै केन्द्रीय सदस्य सुमना श्रेष्ठले पनि नेतृत्वप्रति असन्तुष्टि जनाउँदै पार्टी छाडेकी थिइन्।

Please Login to comment in the post!

you may also like