• Wednesday, March 4, 2026

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीमाथि दुर्व्यवहारको आरोप, प्रहरीले अनुसन्धान अघि बढायो


ललितपुर— नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीमाथि सोमबार साँझ ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स नजिकै दुर्व्यवहार भएको दाबी गरिएको छ।अधिकारी हरेक दिनझैं घर फर्किंदै गर्दा केही अज्ञात व्यक्तिहरूले उनीमाथि दुर्व्यवहार गरेको आरोप लगाइएको हो। घटनापछि उनले जिल्ला प्रहरी परिसर, ललितपुरमा उजुरी दिएका छन्। उजुरीको आधारमा प्रहरीले प्रारम्भिक अनुसन्धान सुरु गरेको जनाएको छ।प्रहरी प्रमुख एसएसपी होविन्द्र बोगटीका अनुसार घटनास्थल आसपासका सिसिटिभी फुटेज संकलन भइरहेको छ। प्रारम्भिक अनुसन्धानमा ती व्यक्तिहरूले सुरुमा सामान्य चिनजान भएको शैलीमा संवाद थालेको र त्यसपछि भनाभन तथा दुर्व्यवहार भएको जानकारी अधिकारीले दिएको जनाइएको छ।

तर प्रहरीले प्राप्त सिसिटिभी फुटेजमा हालसम्म ठोस रुपमा कुनै दुर्व्यवहार देखिएको छैन। “घटनास्थलमा पुग्दा खासै कोही थिएन,” एसएसपी बोगटीले भने, “उहाँले दुर्व्यवहार भएको भन्नुभएको छ तर फुटेजमा त्यस्तो दृश्य प्रस्ट देखिएको छैन। बाटो काट्ने क्रममा एक स्कुटरसँग आमनेसामने भएको जस्तो देखिन्छ। अनुसन्धान जारी छ।”प्रहरीका अनुसार घटनालाई नियोजित हमला भन्ने पुष्टि हालसम्म भइसकेको छैन। यस घटनापछि सुरक्षा सतर्कता बढाइएको छ भने नागरिक उड्डयन प्राधिकरणभित्र समेत यसको चासो बढेको छ।

Please Login to comment in the post!

you may also like