• Wednesday, December 10, 2025

४० कटेकी चर्चित गायिका सुनिता दुलालले गरिन् इन्गेजमेन्ट, जीवनको नयाँ अध्यायको खुसीयाली बाँड्दै भनिन्, “एकअर्काको हात समाएर अघि बढ्ने प्रतिज्ञा”


काठमाडौ। चर्चित लोक गायिका सुनिता दुलाल करिब ४० वर्षको उमेरमा औपचारिक रूपमा इन्गेजमेन्ट गरेकी छन्। खास साथी–परिवारको उपस्थितिमा सम्पन्न यो विशेष क्षण सार्वजनिक गर्दै उनले सामाजिक सञ्जालमार्फत आफ्ना भावना अनि भावनात्मक सन्देश व्यक्त गरेकी छन्।

इन्गेजमेन्टपछि सुनिताले लेखिन्ः

“जीवनको नयाँ अध्याय, एकअर्काको हात समाएर, साथ–साथै अघि बढ्ने प्रतिज्ञा। हामीले शुरू गरेको यो नयाँ यात्रा प्रेम, सम्मान र विश्वासले भरियोस्। हाम्रो सँगैको यो खुसी तपाईंहरूको आशिषमा अझ सुन्दर बनोस्।”

चर्चित गायिका सुनिता दुलालले आफ्नो लामो र गहिरो प्रेम सम्बन्धलाई अन्ततः वैवाहिक रूप दिन लागेकी हुन्। उनी आगामी १३ मंसिरमा प्रेमी राजेश केसीसँग विवाह गर्ने तयारीमा छिन्। रुकुम पश्चिमका रहने राजेश केसी हाल काठमाडौँमा बस्दै आएका छन्। पेशाले इन्जिनियर रहेका केसी निर्माण व्यवसायमा समेत सक्रिय छन्। करिब चार वर्षअघि मित्रताको रूपमा सुरु भएको सम्बन्ध समयसँगै प्रेममा बदलिएको सुनिताले नजिकका साथीहरूलाई बताउँदै आएकी छन्।

Please Login to comment in the post!

you may also like