• Tuesday, March 3, 2026

पार्टी छाडेका सन्तोष परियारलाई रास्वपाले भन्यो, नयाँ अभियानको लागि शुभकामना


राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी त्यागेका पूर्व सचिवालय सदस्य सन्तोष परियारलाई नयाँ राजनीतिक यात्राको लागि शुभकामना दिएको छ।
प्रवक्ता मनिष झाले बताए अनुसार विघटित प्रतिनिधि सभामा रास्वपाका प्रमुख सचेतक रहेका परियारले आज कार्यवाहक सभापति तथा महामन्त्री कवीन्द्र बुर्लाकोटीलाई राजीनामा बुझाउँदै पार्टी छोडेको जानकारी गराएका हुन्।
झाले भने, परियारले आगामी दिनमा नयाँ राजनीतिक अभियानसहित अगाडि बढ्ने तयारी रहेको बताएका छन्। उनले थपे, ‘उहाँले नयाँ यात्राको योजना बारे जानकारी दिनुभयो। हामी उहाँलाई आगामी यात्रामा सफलता र शुभकामना दिन्छौं।’

"सन्तोष परियारले पनि रास्वपा छाडे" पूरा समाचार पढ्न यहाँ क्लिक गर्नुहोस्:- https://biznesspress.com/news-details/964430 

Please Login to comment in the post!

you may also like