टिजरमा अभिनेता पल शाह छोराको भूमिकामा छन्। उनका बुबा प्रदीप रावत र आमा विपना थापा बनेका छन्। पलले सिरानीमाथि पासपोर्ट राखेर सुतेको दृश्य, र प्रदीप–विपनाको अनिन्द्रो रातमै आँसु झार्दै बसेको क्षणहरूले टिजरलाई थप मार्मिक बनाएको छ। छोराको बिदाइको रात बाबुआमाको मनस्थितीलाई अत्यन्त भावुक तवरले प्रस्तुत गरिएको छ।
फिल्ममा प्रदीप, विपना र पलसहित सिम्रन पन्त, साइग्रेस पोखरेल, उषा उप्रेती, रविन्द्र झा, गजित बिष्ट, अंशु महर्जन, बेगम नेपाली, बाल कलाकार समाइरा थापा र शान अधिकारी लगायत कलाकारको अभिनय रहेको छ।
आर्या इन्टरटेन्मेन्ट प्रा.लि. को प्रस्तुतिमा निर्माण भएको फिल्म आगामी माघ १६ गते रिलिज हुँदैछ। निर्देशक चन्द्र पन्त कै कथा तथा पटकथामा आधारित फिल्मका संवाद अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्त ले मिलेर लेखेका हुन्।
फिल्ममा कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाश जंग कुँवर, ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगाना लगानीकर्ता छन्। छायांकन नवराज उप्रेती ले गरेका छन् भने कोरियोग्राफी गम्भिर बिष्ट र दिलिप ओखडा को रहेको छ। संगीतमा कोशिश क्षेत्री, थानेश्वर गौतम, बाबुल गिरी र अभी सुनार छन्। सम्पादन साहिल खान र मिलन श्रेष्ठ ले गरेका छन्।
फिल्मलाई आर आर फिल्म्स का लागि रोहित कट्टेल र रतन श्रेष्ठ ले वितरण गर्नेछन्।