• Monday, August 4, 2025

'दोरूम्बा' मार्फत द्वन्द्वले च्यातिएको जनजीवनको कथा


काठमाडौँ। दुई दशकभन्दा बढी समयदेखि नेपाली फिल्म शिक्षा क्षेत्रलाई समर्पित अस्कर कलेजको ‘साधना घर’ मा साउन १५ गतेदेखि बहुप्रतीक्षित नाटक ‘दोरूम्बा’ मञ्चन हुँदैछ।

सुमनकुमार वाग्लेको लेखनमा आधारित र युदीप सिटौलाको निर्देशनमा तयार भएको यस नाटकले माओवादी द्वन्द्वकालको जटिल यथार्थलाई रंगमञ्चमा जीवन्त बनाउँदै छ। कथाले द्वन्द्वका दुई ध्रुव " राज्य र विद्रोही" को वीचमा परेका आम सर्वसाधारणको पीडा, असहायपन र संघर्षलाई समेटेको छ।

नाटकका निर्देशक सिटौला कलेजकै १६औँ ब्याचका विद्यार्थी हुन् भने प्रस्तुतिमा कलेजका विभिन्न ब्याचका विद्यार्थीहरूले अभिनय गरिरहेका छन्, जसले शैक्षिक रंगमञ्चलाई सिर्जनशील अभ्यासको थलो बनाएको देखिन्छ।

‘दोरूम्बा’ असार २४ गतेसम्म हरेक दिन साँझ ५:१५ बजे, र शनिबार दिउँसो १:१५ बजे अतिरिक्त सो सहित मञ्चन हुनेछ।

Please Login to comment in the post!

you may also like