• Wednesday, December 10, 2025

‘भट्टी टेल्स’ : भट्टीका मौन आवाजहरूको काव्यमय अभिलेख, अस्कर अन्तरास्ट्रिय कलेजको साधना घर थिएटरमा मञ्चन हुँदै


काठमाडौ - नाटक ‘भट्टी टेल्स’ एक मौलिक रंगमञ्चीय कृति हो, जसले हाम्रै वरपरका मानिसहरूको नदेखिएका, नबोलिएका र अक्सर नसम्झिने जीवन–यथार्थलाई केन्द्रमा ल्याउँछ। सामान्यतया भीड, धुँवा र हल्का संगीतले भरिएको स्थानीय भट्टी—जहाँ ठट्टा, पीडा, संघर्ष र आशा एउटै टेबुलमा बस्छन्—यही ठाउँ यस नाटकको मुख्य पृष्ठभूमि बनेको छ।

नाटकले सतहमा नदेखिने मानिसहरूको जीवनभित्र छिरेर उनीहरूका सपनाहरू, निराशाहरू, सम्बन्धहरू र दैनन्दिन संघर्षहरूलाई वास्तविकता र काव्यमय अभिव्यक्तिको संयोजनमार्फत प्रस्तुत गर्छ। ‘भट्टी टेल्स’ कुनै सामान्य मनोरञ्जन मात्र होइन; यो समाजका तिनै आवाजहरूको अभिलेख हो, जो धेरै समयदेखि सुन्ने कोही नभएर मौन रहँदै आएका थिए।

यस नाटकमा रोजिन नपाएका पात्रहरू, अन्तरमन्मा पोलिरहेका घाउहरू, हासोभित्र लुकेका पीडाहरू र बाँच्नका लागि गरिएका सम्झौता–सबैलाई कलात्मक संवेदनशीलताका साथ दृश्य–भावनामा रूपान्तरण गरिएको जनाइएको छ।

अस्कर अन्तरास्ट्रिय कलेजले फ्र्यान्क्लिन एडुकेसनल कन्सल्टेन्सि सङको सहकार्यमा तयार गर्दै गरेको नाटक "भट्टि टेल्स" आउँदो पुष १६ गतेदेखि माघ ३ गते सम्म अस्करकै साधना घर थिएटरमा मञ्चन हुन लागेको  आयोजक ले जनाएका छन।

Please Login to comment in the post!

you may also like